सियान।
राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सिल्करोड फोरमले नेपाललाई भौतिक र प्रविधिको विकासबाट आर्थिक रुपमा सशक्त बनाउन मद्दत गर्ने धारणा व्यक्त गरेका छन् । चीनको सियान शहरमा भैरहेको सिल्करोड फोरमको छैठौ श्रृङ्गखलाई बिहीबार सम्बोधन गर्दै पूर्व अध्यक्ष तिमिल्सिनाले सिल्क रोड फोरमले आधारभूत संरचना , व्यापार , निवेश , संस्कृति र डिजिटल कनेक्टिभिटी जस्ता क्षेत्रहरुमा सहकार्यलाई प्रोत्साहन गर्ने भएकाले नेपालले भौतिक र प्रविधिको विकासबाट आर्थिक रुपमा सशक्त बनाउन मद्दत गर्ने धारणा व्यक्त गरेका हुन् ।
‘बिआरआईको सहयोगमा नेपालले आफ्नो भौगोलिक अवस्थालाई अवसरमा परिणत गर्न सक्छ । यसका लागि नेपाल सरकारको दृढ इच्छाशक्ति , पारदर्शिता र दीर्घकालीन योजना हुनुपर्छ।’ उनले भने, ‘चीनसंग बढ्दो कनेक्टिभिटीले नेपाली उत्पादनहरुको बजार बिस्तार र पहुँचमा मद्दत पुग्दछ भने नेपालको पर्यटन विकास र प्रवर्द्धनमा सिल्करोडले अन्तर्राष्ट्रिय पर्यटक प्रवाहमा जोड्न सक्छ।’
उनले नेपालले दक्षिण एसिया र मध्य एसियासँग आफ्नो सहकार्यलाई गुणात्मक रुपले बढाउन सिल्करोड फोरमले सहयोग गर्ने बताउँदै नेपालले आफ्नो भौगोलिक अवस्थालाई अवसरमा परिणत गर्न नेपाल सरकारको दृढ इच्छाशक्ति , पारदर्शिता र दीर्घकालीन योजना बनाउन जरुरी छ भने ।
पूर्व अध्यक्ष तिमिल्सिनाले चीनले सिल्क रोड फोरमको महत्त्वपूर्ण प्लेटफर्म मार्फत बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवशरहरु, नयाँ उपलब्धी र नयाँ ढाँचाहरु विश्वलाई प्रस्तुत गरेको चर्चा गर्दै त्यसले फोरममा आबद्ध देशहरुमा नीतिगत सञ्चार सुविधा , अन्तरसम्बन्ध , ब्यापार , वित्त पोषण र जनता जनतन विच सञ्चारको गहन एकीकरण र समन्वित विकासलाई प्रभावकारी रुपमा प्रवर्द्धन गरेको बताए । उनले फोरमले बेल्ट एण्ड रोड देशहरु बिच आपूर्ति शृङ्खला र औद्योगिक शृङ्खला एकीकरणलाई गहिरो गरी प्रवर्द्धन गर्नमा केन्द्रित हुनेछ र सांस्कृतिक आदानप्रदान , आर्थिक , व्यापार सहयोग , बिज्ञान प्रविधि र शिक्षाको लागि एक व्यापक अन्तर्राष्ट्रिय सहयोग प्लेटफर्म निर्माण गर्न अधिकतम प्रयास गर्ने विश्वास पनि व्यक्त गरे ।











प्रतिक्रिया