काठमाडौं ।
पानीपोखरीमा रहेको शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रालि आजबाट तेस्रो वर्ष प्रवेश गरेको छ । विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुको एक समूहले जन स्वास्थ्यका परीक्षणको काम स्वदेशमै सहज रूपमा अघि बढाउने योजनाका साथ ३ जेठ २०८० मा यो सेन्टरको स्थापना गरेका थिए । त्यस यताको यो अवधिमा सेन्टरले डाईग्नोस्टिक तथा क्युरेटिभ समेत गरी ५० हजार बढीलाई सेवा दिइसकेको छ ।

शनिवार दोस्रो वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा सेन्टरकी अध्यक्ष प्राडा ममता लाखेले सहकर्मीहरुलाई संगै राखेर केक काटेकी थिईन । सो क्रममा उनले शुक्रालाई यो स्थानसम्म ल्याई पुर्याउन धेरैको सहयोग पाएको भन्दै सबैलाई धन्यवाद दिएकी थिइन् ।
‘काठमाडौँ मेडिकल कलेजमा २० वर्ष काम गरेकी वरिष्ठ प्याथोलोजिष्ट प्राडा लाखेले आवश्यक जनशक्ति हुँदा हुँदै पनि प्रयोगशाला परीक्षणका लागि भारत पठाउनु पर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले शुक्रा खोलिएको बताइन् ।

उनले अहिले भारत पठाउने गरिएका धेरै परीक्षणहरू शुक्रामा हुने गरिएको समेत जानकारी दिइन् । उनले भनिन् । नेपालमा धेरै प्याथोलोष्टि भएर पनि टेष्टका लागि भारत पठाउनु पर्दथ्यो । क्यान्सरको रिपोर्ट पनि हामीले तत्कालै दिन नसक्ने,इम्युनोहिस्ट्रो क्यामेष्ट्री गरेर कुन प्रकारको क्यान्सर भनेर थाहा पाउनका लागि भारत नै पठाउनु पर्दथ्यो । अव यस्ता खालका महत्त्वपूर्ण टेस्टहरूका लागि भारत जानु पर्दैन यही नै गर्छौ ।
ईम्युनो हिस्ट्रो क्यामेस्ट्री, मोलिक्युलर प्याथोलोजी,जो क्यान्सर बिरामीको लागि लक्षित छ । कुन प्रकारको क्यान्सर हो भन्ने थाहा पाएपछि कुन प्रकारको उपचार विधि प्रभावकारी हुन्छ भनेर निर्णय लिन पनि सजिलो हुने सकिन्छ । भारतमा पठाउँदा १० देखि १५ दिन लाग्छ । यहाँ ५ दिनमै रिपोर्ट आउँछ ।’

प्राडा लाखेले शुक्रामा धेरै सङ्क्रामक रोगहरूको पीसीआर टेष्ट, स्पेशल बायोकेमेष्ट्री टेष्टहरु जो प्राय बाहिर पठाइन्थ्यो त्यो परीक्षणहरू आफूकहाँ उपलब्ध भएको बताइन् ।
‘परिणामहरू जहाँ महत्त्वपूर्ण छन्’ भन्ने नाराका साथ स्थापित शुक्रा आईएसओ सर्टिफाइड प्रयोगशाला हो । तर अहिले क्युरेटिभ अन्तर्गत क्लिनिक सेवा समेत सुरु गरेको छ ।
स्वास्थ्य समाजका लागि शुक्राको बिहानी शिविर
हामीकहाँ परीक्षणका अलावा क्लिनिकल सर्भिस दिने वरिष्ठ डाक्टरहरूको पनि उपलब्धता छ । बेलुकाको समयमा ती डाक्टरबाट चिकित्सकीय सेवामा खटिनुहुन्छ । सेन्टरकी प्रशासन प्रमुख रोजिना प्रधानले भनिन् । उनले पनि जनस्वास्थ्यका प्रयोगशाला परीक्षण बाहिर पठाउनुपर्ने अवस्थाको अन्त्यका लागि शुक्रा सञ्चालनमा ल्याइएको र धेरै हदसम्म त्यो लक्ष्य पुरा गरेको पनि दावी गरिन ।
उनले सेन्टरमा प्रयोगशालासँगै ओपिडी क्लिनिक सेवा पनि सुरु गरेको बताइन् । अहिले सेन्टरमा ल्याब परीक्षण, मल्टीस्पेशालिटी विशेषज्ञ परामर्श, एक्स–रे, यूएसजी, ईसीजी, फार्मेसी जस्ता सेवाहरु रहेका छन् । यस्तै घर वा अफिसमा बसेका व्यक्तिहरुका लागि उनीहरूको निवासमै पुगेर परीक्षणका लागि निःशुल्क रूपमा रगत ल्याउने व्यवस्था मिलाएको समेत बताए ।
वार्षिकोत्सव विशेष छुट
यसैबिच आज सम्पन्न शुक्राको दोस्रो बार्षिकोत्सवको अवसर पारेर सेन्टरले जेष्ठ महिनाभरि ल्याब रुटिन टेष्ट, अल्ट्रासोनोग्राफी यूएसजी, ईसिजी, इको, एक्सरे सेवामा २५ प्रतिशत छुट प्रदान गरिनेछ । साथै, जेठ ४ गतेबाट सप्ताहव्यापी रूपमा जनरल फिजिसियन, मधुमेह, हर्मोन तथा थाइराइड सम्बन्धी विशेषज्ञ परामर्श सेवा पनि निःशुल्क रूपमा उपलब्ध गराइने प्रधानले जानकारी दिइन् ।











प्रतिक्रिया