चितवन ।
लहानबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।
उक्त बसमा ३९ जना सवार थिए । घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया