रवीन्द्र मिश्रलाई अदालत उपस्थित गराउन आदेश


काठमाडौँ।

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालत उपस्थित गराउन आदेश दिएको छ।

मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो।

इजलासले कारण देखाउ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित मिश्रलाई अदालतमा उपस्थित गराउन भनेको हो।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको हो। उनी डेढ महिनादेखि प्रहरी हिरासतमा छन्।​