पूर्वराजाको सचिवालयले भन्यो– ज्ञानेन्द्रलाई नजरबन्द गरिएको छैन


काठमाडौँ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले नजरबन्दमा राखेको हल्ला फैलीएपछि पूर्वराजाको संवाद सचिवालयले खण्डन गरेको छ । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले यस्तो खबरमा सत्यता नरहेको बताएका छन् ।

आज सामाजिक सञ्जालमा पूर्वराजालाई नजरबन्दमा राखिएको भन्दै अफवाह फैलिएको थियो । त्यसमा प्रतिक्रिया जनाउँदै पाठकले फेसबुकमार्फत प्रष्ट पारेका हुन् ।
‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा कुनै सत्यता नरहेको जानकरी गराउन चाहान्छु ।’ उनले लेखेका छन् ।