काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियाँलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको छ ।
लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीहरूका छोराहरूलाई छुटाइदिन सहजीकरण गर्ने भनी सेवाग्राहीहरूसँग जनही एक एक लाखका दरले जम्मा २ लाख घुस रिसवत माग गरेको भन्ने सूचनाको आधारमा बुधवार साँझ ७ः३० बजेको समयमा निज आरोपित रामलखन बनियाँलाई सेवाग्राहीसँग २ लाख घुस रिसवत लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटी गएको कर्मचारी टोलीले नियन्त्रणमा लिएको हो । बानियाँमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।











प्रतिक्रिया