भाषा विचार विनिमयको माध्यम हो । एकले अर्कासँग सम्पर्क राख्दा भाषाको महत्व हुन्छ । अझ एक देशका नागरिकहरूले अर्को देशका नागरिकहरूसँग बोल्न पनि सहज भाषा आवश्यक हुन्छ । किनभने एक देशको नागरिकले बोलिने भाषा अर्को देशको नागरिकले बुझ्न सकिँदैन । त्यस्तो अवस्थामा सम्पर्क गर्न एक न एक भाषा आवश्यक हुन्छ । यसमा अंग्रेजी भाषा महत्वपूर्ण बनेको छ । उक्त अंग्रेजी भाषा नै विश्वमा सबैभन्दा बढी बोलिने भाषाको रूपमा रहेको छ ।
विश्वमा सर्वाधिक बोलिने १० भाषाहरू
१. अंग्रेजी
विश्वमा सबैभन्दा बढी बोलिने भाषा अंग्रेजी हो । यसैले अंग्रेजीलाई वैश्विक भाषाको दर्जा प्राप्त रहेको छ । अंग्रेजी भाषाको अन्तर्राष्ट्रिय व्यापार, विज्ञान र कूटनीतिमा महत्वपूर्ण भूमिका बनेको छ ।
२. मंदारिन चीनियाँ
चीनको मंदारिन विश्वमा दोस्रो सबैभन्दा बढी बोलिने भाषा हो । यो भाषाको वैश्विक सञ्चारमा एक महत्वपूर्ण स्थान रहेको छ । यो भाषा लेख्न जटिल छ, यसको बावजुद यसको प्रभाव विश्वभरि नै फैलिएको छ ।
३. हिन्दी
भारतको प्रमुख हिन्दी भाषाले विश्वमा सबैभन्दा बढी बोलिने सूचीमा तेस्रो स्थान ओगटेको छ । दक्षिण एसियामा पनि यसको स्थान रहेको छ । देवनागरी लिपिमा लिपिबद्ध यस हिन्दी भाषाले भारतीय उपमहाद्वीपको भाषातर्फ विशेष योगदान पुर्याएको छ ।
४. स्पेनिस
स्पेनको स्पेनिस भाषा सबैभन्दा बोलिने सूचीमा चौँथो स्थानमा छ । स्पेनिस भाषालाई २० देशमा आधिकारिक भाषाको रूपमा प्रयोग गरिएको छ । यसको सांस्कृतिक प्रभाव इबेरियन प्रायद्वीपभरि फैलिएको छ । स्पेनिस भाषा मधुर ध्वनिको लागि चर्चित छ । यसैले पनि स्पेनिस भाषालाई कर्णप्रिय भाषासमेत भनिएको छ ।
५. अरबी
अरबी विश्वमा सबैभन्दा बढी बोलिने भाषामा पाँचौं स्थानमा रहेको छ । यो अरब देशहरूमा सबैभन्दा बढी बोलिने गर्छ । अरबीको उपयोग विशेष रूपमा सरकारी उद्देश्यहरू र आधिकारिक भाषणहरू÷प्रतिवेदनहरूका लागि गरिन्छ ।
६. फ्रेन्च
फ्रान्सको फ्रेन्च भाषा भने यस सूचीको छैठाँे स्थानमा रहेको छ । यो फ्रान्समा मात्र नभई यूरोपका केही देशहरूमा पनि बोलिने गरिन्छ । फ्रेन्चलाई विश्व व्यापारमा पनि एक महत्वपूर्ण भाषा मानिन्छ । यसैले फ्रेन्च भाषा सिक्न चाहनेका लागि प्रेरित गरिन्छ ।
७. बंगाली
बंगाली भारतको पश्चिम बंगालमा बोलिने भाषा हो । यो बंगलादेशको आधिकारिक भाषा पनि हो । काव्यात्मक र कलात्मक परम्पराहरूको लागि परिचित बंगाली भाषाको सांस्कृतिक धरातल समृद्ध छ । जसको साहित्य, संगीत र चलचित्रमा पनि योगदान रहेको छ ।
८. पोर्चुगिज
पोर्चुगिज भाषा विश्वमा सर्वाधिक बोलिनेमा आठौँ स्थानमा पर्दछ । यो भाषा पोर्चुगल र दक्षिण अमेरिकाका कयौँ देशहरूको आधिकारिक भाषा समेत बनेको छ ।
९. रूसी
रूसी भाषा विश्वमा सर्वाधिक बोलिनेमा नवौँ स्थानमा छ । सिरिलिक लिपिको साथै रूस र छिमेकी देशहरूका लागि सांस्कृतिक र राजनीतिक परिदृश्यमा एक महत्वपूर्ण स्थान रहेको छ ।
१०. उर्दू
विश्वमा सर्वाधिक बोलिने भाषाको सूचीको दशौँ स्थानमा उर्दू भाषा रहेको छ । पाकिस्तानको राष्ट्रिय भाषाको रूपमा रहेको उर्दू भारतमा पनि बोलिने गरिन्छ । भारतमा ब्रिटिस शासन हुँदा यो भाषा भारतको उत्तर र उत्तर पश्चिम प्रान्तहरूमा मुसलमानहरूले बढी बोल्ने गर्थे ।











प्रतिक्रिया