काठमाडौं ।
मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने राक्सिराङ गाउँपालिका-९ घर भएका ७० वर्षीय गंगा बहादुर स्याङ्तानको शुक्रबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
सप्तरी, सुरूङगा नगरपालिका-५ स्थित सडकमा रोकी राखेको प्र.२-०१-००१ क ००४५ नम्बरको टिपरमा बा.६७ प ९५७६ नम्बरको मोटरसाइकल ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।
बारा, फेटा गाउँपालिका-७ गमहरिया चोक नहरस्थित सडकमा बा.०१-०३० च १४२१ नम्बरको पिकअपले ना.२ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिई बिहीबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार विश्रामपुर गाउँपालिका-५ ईटियाहि टोल बस्ने सुनिल पण्डितको छोरा १३ वर्षीय समर पण्डितको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार पिकअप चालकको खोजी गरिरहेको छ ।
उदयपुर, कटारी नगरपालिका-६ सोमबारेस्थित सडकमा चितवनबाट झापातर्फ जाँदै गरेको मे. १ च ३०४० नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा झापा दमक नगरपालिका-३ बस्ने ५५ वर्षीय माधब बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कटारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार ५ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया