काठमाडौं ।
निर्वाह भत्ता कार्यावन्यनका लागि सरकारलाई एक महिनादेखि दबाब दिँदै आएका चिकित्सकहरूले आइतबार सरकार, निजी मेडिकल कलेज सञ्चालक र चिकित्सकहरूका बीच वार्ता भई निष्कर्षको नजिकै पुगेको बुझिएको छ ।
आइतबार चिकित्सकहरू माइतीघर मण्डलाबाट बिजुली बजारसम्म वर्षाद् भइरहँदा ब्यानरसहित आन्दोलनमा थिए भने नेपाल चिकित्सक संघका अध्यक्षलगायत नेपाल सरकारका प्रतिनिधि, आन्दोलनरत स्वास्थ्यकर्मीका प्रतिनिधिहरू वार्तामा रहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले जानकारी दिनुभयो ।
‘आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले केही स्वास्थ्यकर्मी सरकारसँग वार्तामा बसेको र अन्य स्वास्थ्यकर्मी वार्ता नटुंगिएसम्म आन्दोलनलाई निरन्तरता दिइरहनेछन् ।
सरकारले वार्ता टुंगो नलगाएसम्म आकस्मिकबाहेकका स्वास्थ्य सेवा प्रायः ठप्पै हुन्छन् । सरकारले चिकित्सकलाई समयमै सम्बोधन गरेन भने जनस्वास्थ्यप्रति सरकार स्वयम् जवाफदेही हुनुपर्छ’ –डा. कार्कीले भन्नुभयो ।











प्रतिक्रिया