प्राकृतिक चिकित्सा, मौलिक उपचार पद्धति : प्रचण्ड

प्राकृतिक चिकित्सा तेस्रो विश्वका निम्ति अत्यावश्यक

940
Shares

नवलपरासी। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रकृति चिकित्सा नेपालकाे मौलिक संस्कृति र परम्परासँग मेल खाने मौलिक विशेषता युक्त स्वास्थ्य उपचार पद्धति भएको बताएका छन् ।

हुलाकी राजमार्ग केन्द्रित जनतासंग माओवादी तराई मधेश जनजागरण अभियान अन्तर्गत नवलपरासी पूर्वकाे नवलपुर आईपुगेका प्रचण्डले स्थानीय सामुदायिक प्राकृतिक चिकित्सालय रजहरले राखेकाे अन्तरक्रियामा साे कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले एलाेपैथिक पश्चिमा उपचार बिधिका नाममा नाफा कमाउने उदेश्यले विश्वभर बेथितिकाे व्यापार माैलाएकाे बताउदै यसले तेस्रो विश्वका देशहरूमा पूर्खाहरूले बिकसित गरेका स्वास्थ्यका उपचारात्मक विधि र प्रक्रियालाई समेत लाेप गरेकाे बताए ।

उनले एलाेपैथिक उपचार बिधिका नाममा चरम आर्थिक दाेहनबाट पिल्सिएका आम नागरिकसहित तेस्रो विश्वका मुलुकहरू शारीरिक स्वास्थ्यकाे निदानात्मक उपचारका लागि प्राकृतिक चिकित्साका विधि र प्रकृया तर्फ फर्कन आवश्यक रहेकाे कुरा प्रचण्डले ओैल्याए ।

अन्तरक्रिया कार्यक्रममा प्रचण्डले ओेेेैषधी बिहिन  प्राकृतिक चिकित्सा पद्धतिबाट पार्टीकै उच्च नेता लगाएत कैयाैं जनताले प्रभावकारी स्वास्थ्य उपचार लिएकाे सुने पछि आफू प्रधानमन्त्री रहदा केही भए पनि चिकित्सालयकाे बिकासमा सरकारकाे तर्फबाट सहयाेग भएको बताए ।

उनले अस्पतालकाे भौतिक बिकासका साथ साथै यसलाई याेग,आयुर्वेद तथा प्राकृतिक चिकित्सा सम्बन्धी विषय अध्ययन हुने शिक्षण अस्पतालकै रूपमा अघि बढाउन कानुनी तथा नीतिगत रूपमै प्राकृतिक चिकित्सालय प्रशासन लाग्नु पर्ने बिचार व्यक्त गरे ।

प्रचण्डले प्राकृतिक चिकित्साालयका तर्फबाट प्रस्तुत गरिएकाे नेेपाल प्राकृतिक चिकित्सा सामुदायिक शिक्षण अस्पताल प्रस्तावना पत्र ग्रहण गर्दै यसकाे बिकास एवं सहयाेगका निमित्त प्रतिपक्ष दलकाे प्रमुखका हिसावले सरकारसंग आफु लागि रहने बताए ।

प्रस्तवनापत्रमा चिकसत्सालयले प्रस्तावित नेेपाल प्राकृतिक चिकित्सा सामुदायिक शिक्षण अस्पताल संचालनका लागि अपुग भौतिक पूर्वाधार जुटाउनका निम्ति करिब ६९ कराेड आर्थिक स्राेत सुनिश्चितताकाे आवश्यक रहेकाे उल्लेख गरेकाे छ ।

अध्यक्ष प्रचण्ड मंगलबार र बुधबार नवलपरासी पूर्व र पश्चिममा पत्रकार भेटघाट, गाउँ नगर अगुवा कार्यकर्ता, वेपत्ताका परिवार भेटघाट, त्रिवेणी स्थित गजेन्द्रमाेक्ष तीर्थस्थल अवलोकन तथा कावासाेती र परासीमा आयाेजित जिल्ला स्तरीय जागरण सभालाई सम्बाेधन गर्दै रूपन्देही तर्फ लागेका छन् ।