काठमाडाैं ।
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा चैत्र २९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा ‘एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड–२०८१’ सम्पन्न भएको छ । नेपाल एपीएफ क्लवले अग्नी ईन्कर्पोरेटेड प्रा.लि. ९महिन्द्रा नेपाल अग्नी ग्रुप०को सहकार्यमा प्रथम एपीएफ महिन्द्रा स्पोट्र्स अवार्ड–२०८१ को आयोजना गरेको हो ।
समारोहमा माननीय गृहमन्त्री रमेश लेखकलगायत उपस्थित विभिन्न महानुभावहरुले समेत खेलाडी तथा प्रशिक्षकहरुलाई अवार्ड प्रदान गर्नुभएको थियो । समारोहमा माननीय गृहमन्त्री लेखकले सम्मानित हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा खेल क्षेत्रमा सहयोग पुर्याउनुहुने महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नहुँदै खेलकुद कुनैपनि राष्ट्रको पहिचाहन र आधारशीला रहेको बताउनुभयो ।
उहाँले खेलकुद शारिरीक व्यायाम वा मनोरञ्जनको माध्यम मात्र नभई समुदायमा एकता, अनुशासन, सहकार्य र स्वस्थ्य प्रतिष्पर्धाको भावनालाई प्रोत्सान गर्ने बताउनुहुँदै खेलकुदले व्यक्तिमा आत्मविश्वास प्रदान गर्नुकासाथै देशको नाम उच्च राख्न अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अवसर समेत मिल्ने बताउनुभयो । माननीय गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै देश र नागरिकको सेवा सुरक्षामा अग्रणी भूमिका निर्वाह गर्नुकासाथै खेलकुदको क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो ।
उहाँले यस प्रकारको कार्यक्रमले खेलाडीहरुको मेहनत, समपर्ण र सफलताको सम्मान गर्ने मौका मिल्ने, नयाँ प्रतिभावन खेलाडीहरुसमेत उजागर गर्ने तथा खेलाडीहरुको मनोवल उच्च भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्षम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । माननीय गृहमन्त्री लेखकले निजी क्षेत्र र सुरक्षा निकायबीचको साझेदारीले खेलकुद विकासमा नयाँ आयायम थप्नुकासाथै अन्य क्षेत्रका लागि समेत प्रेरणाको श्रोत बन्नसक्ने उल्लेख गर्नुहुँदै खेलकुदले राष्ट्रिय भावनालाई जागृत, बलियो र समृद्ध बनाउने बताउनुभयो ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लवसँग सहकार्य गरी संगठनको मात्र नभई समग्र देशकै खेलकुद क्षेत्रमा उच्च योगदान पु¥याउँदै आएको अग्नी ईन्कर्पोरेटेड प्रा।लि। महिन्द्रा नेपालको समन्वय र सहकार्यको लागि विशेष धन्यवाद दिनुहुँदै यस किसिमका समन्वय र सहकार्यलाई निरन्तरता दिदै खेलकुद मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनुकासाथै थप उपलब्धीहरु समेत हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले खेल केवल मनोरञ्जनको माध्यम मात्र नभई व्यक्तिको शारिरीक क्षमता, मानसिक दृढता र सामाजिक एकताको भावनालाई उजागर गर्ने बताउनुहुँदै खेलाडीले खेल मैदानमा आफ्नो सिप, अनुशासन र मेहनतले विजयी लक्ष्य प्राप्त गर्ने बताउनुभयो । महानिरीक्षक अर्यालले संगठन स्थापनाकालदेखि नै देश र आम नागरिकको सुरक्षा जिम्मेवारी सँगसँगै खेलकुदको क्षेत्रमा समेत सकृय सहभागिता जनाउँदै आएको बताउनुहुँदै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दा देश र संगठनको नाम समेत उच्च हुने बताउनुभयो ।
उहाँले स्पोर्ट अवार्ड एउटा पुरस्कार मात्र नभई खेलाडीहरुको मेहनत, लगनशिलता र समपर्णको समेत कदर गर्ने थलो भएकोले यस प्रकारको सम्मानले खेलाडीहरुमा थप प्रोत्सानकोसाथ भविष्यमा अझ उत्कृष्ट खेलखेल्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा अग्नी ईन्कर्पोरेटेड प्रा।लि। ९महिन्द्रा नेपाल अग्नी ग्रुप०का कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले स्वागत मन्तव्य राख्नुको साथै स्पोर्ट्स अवार्डले खेलाडीहरुको क्षमता र मनोवल उच्च बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
समारोहमा नेपाली खेल जगतमा प्रत्यक्ष वा परोक्ष रुपमा आफुलाई सक्रिय बनाउँदै आउनुभएका खेलाडी तथा महानुभावहरुलाई नेपाल एपीएफ क्लवको आजीवन सदस्यता प्रदान गर्नुकासाथै नेपाल एपीएफ क्लवलाई निरन्तर सहयोग पुर्याउनुहुने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई समेत सम्मान गरिएको थियो ।
समारोहमा गृहसचिव गोकर्णमणी दुवाडी, प्रहरी महानिरीक्षक दिपक थापा, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष अनिता लामिछाने अर्याल, अग्नी ग्रुप नेपालका अध्यक्ष क्याबिनेट श्रेष्ठ लगायत अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, वहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, विभिन्न संघसंस्थाका महानुभावहरुसाथै पूर्व खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।











प्रतिक्रिया