नेपाल बार निर्वाचन : भारी मतान्तरले मिश्र विजयी


काठमाडौं ।

नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र विजयी भएका छन् ।

केन्द्रीय कार्यकारी समितिको निर्वाचनमा ५०५२ मतसहित डा. मिश्र विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठ भने २६२१ मतमा रोकिए । दुईजनाबीचको मतान्तर २४३१ छ ।

त्यस्तै महासचिवमा कांग्रेस (एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याएका छन् ।