अफगानिस्तानविरुद्धको अन्तिम खेलमा नेपालको सान्त्वना जीत


काठमाडौं ।

नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनको जित निकालेको हो ।

 मुलपानी किकेट मैदानमानेपालले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः खेलाउन नसकिने भएपछि नेपाललाई विजेता घोषणा गरिएको हो ।

 तर यो जित नेपालका लागि भने सान्त्वना जीत मात्रै रहन पुग्यो । अफगानिस्तानले तीनवटा खेलको शृंखला मध्ये २ जीत आफ्नो पक्षमा पारेको थियो । यसअघि अफिगानिस्तानले १३० र  एक रनको जित निकालेर शीर्ष स्थानमा रहेको थियो ।