रविमाथि प्रहरी ज्यादतीको विरोधमा मानव अधिकार आयोगमा रास्वपाकाे निवेदन


काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि भएको प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएको छ।

रास्वपाका नेताहरूका अनुसार, लामिछानेलाई पक्राउ गर्दा प्रहरीले मानवीय अधिकारको उल्लङ्घन गरेको र उनलाई अपमानजनक व्यवहार र शब्द प्रयोग गरेर पक्राउ गरिएको बताइएको छ।

लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। आदेशपछि, शुक्रवार राति नै प्रहरी लामिछानेको घरमा पुगेका थिए।

रास्वपा नेताहरूले आरोप लगाएका छन् कि पक्राउ गर्दा प्रहरीले न्यायिक प्रक्रिया नपु¥याउने काम गरेको र यसले मानव अधिकारको उल्लङ्घन गरेको हो। लामिछाने सोमबार रूपन्देही कारागारमा थुनामा पठाइएका छन्।