काठमाडौं ।
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोक्नु भएको हो ।
राष्ट्र बैंकका १७औं गभर्नर महाप्रसाद अधिकारीको आफ्नो पाँच वर्षे कार्यकाल चैत २४ गते पूरा गरेपछि अहिले उक्त पद खाली रहेको छ । सरकारले अर्थमन्त्री पौडेल संयोजक तथा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद डा विश्व पौडेल सदस्य रहेको गभर्नर सिफरिस समिति गठन गरिसकेको छ । तर, उक्त समितिले गभर्नरका लागि सम्भावित तीन जना व्यक्तिको नाम सिफारिस गर्न सकेको छैन ।
सामान्यतया बहालवाला गभर्नर अवकास हुनु एक महिना अघि नै नयाँ गभर्नरका लागि सिफारिस गर्ने प्रचलन छ । तर, वर्तमान गठबन्धन सरकारमा सत्ता साझेदार प्रमुख दल बीच नयाँ गभर्नरमा सहमति हुन नसक्दा गभर्नर नियुक्तिमा बिलम्ब हुँदै आएको छ ।











प्रतिक्रिया