आउटल: दफा २१९ अब हिन्दी भाषामा


गत फागुन २९ गते रिलिजमा आएको फिल्म आउटल: दफा २१९ अब हिन्दी भाषामा पनि रिलिज हुने भएको छ।


फिल्मका निर्माता अमित अग्रहरिले फिल्म हिन्दी भाषामा डब गरिएको र चाँडै नै रिलिज गरिने बताए। उनले, फिल्म हलमा रिलिज हुने वा ओटीटीबाट रिलिज गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी गराए।

हिन्दी भर्सनको फिल्म केजीएफजस्तो चर्चित दक्षिण भारतीय फिल्ममा आवाज दिने कलाकारले डबिङ गरेका छन्। फिल्मको हिन्दी ट्रेलरमा दर्शकको उत्कृष्ट प्रतिक्रिया आइरहेको छ। फिल्म युरोप, बेलायत, अस्ट्रेलिया, अमेरिका, जापान, कतार, दुबईलगायतका देशमा रिलिज हँदैछ।

फिल्मले नेपाली दर्शकमाझ राम्रो छाप छाडेको छ भने हलमा अझै पनि चलिरहेको छ। विक्की महर्जनको लेखन र निर्देशनमा बनेको फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारीलगायतका कलाकारले अभिनय गरेका छन्।