काठमाडौँ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दा चलाउने आधार र प्रमाण सरकारले पुर्याउन नसकेपछि आफू रिहा भएको बताएका छन्।
हाजिरी जमानिमा रिहा भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीले १३ दिनसम्म गैरकानुनी ढंगले नियन्त्रण राखिएको बताएका हुन्।
‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले भनेका छन्।
उनले आफ्नो मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्णलाई धन्यवाद दिएका छन्।











प्रतिक्रिया