काठमााडौँ
टाटा मोटर्सका लागि नेपालमा आधिकारिक बितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा “नयाँ वर्ष शुभ एक्सचेन्ज” योजना सार्वजनिक गरेको छ ।
चैत्र २७ देखि ३० गतेसम्म सञ्चालन हुने यस क्याम्पमा ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज (साटफेर) गरी नयाँ टाटा कार खरिद गर्न सक्नेछन् । यस अवसरमा कार किन्ने ग्राहकलाई लक्कीड्रमार्फत भारतमा टाटा आइपिएल प्रत्यक्ष हेर्न जाने मौका पनि प्रदान गरिनेछ । साथै आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क एक्सेसरिज (सामग्री), निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डिसी फास्ट चार्जिङ तथा होम चार्जिङ इन्स्टलेसन (जडान) जस्ता विशेष सुविधाहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
नयाँ वर्षलाई अझ उत्साहपूर्ण बनाउँदै टाटा मोटर्सले ग्राहकहरूलाई आधुनिक, सुरक्षित र भरपर्दो सवारीसँगै अविस्मरणीय अनुभव दिने लक्ष्य राखेको छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका सोरुममा गएर विस्तृत जानकारी लिन सक्नेछन् ।











प्रतिक्रिया