सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली


काठमाडौँ।

नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी )अर्यालले पदबहाली गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनले पदबहाली गरेका हुन् ।

उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

उनी सभामुखमा निर्विरोध भएका थिए ।