काठमाडौँ।
नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार शीतल निवासमा आयोजित एक विशेष समारोहमा उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकाय प्रधानन्यायाधीश सपना मल्ल प्रधान, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरु लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याल यसअघि बसेको प्रतिनिधि सभा बैठकबाट सो पदमा निर्विरोध निर्वाचित थिए ।











प्रतिक्रिया