उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा धर्मराज सापकोटाले वस्तुगत सदस्य पदमा दिए उम्मेदवारी


काठमाडौं । 

यही चैत २९ र ३० गते हुने उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा स्टक ब्रोकर एसोसिएन अफ नेपाल (एसबान) का निवर्तमान अध्यक्ष धर्मराज सापकोटाले वस्तुगतर्फको सदस्य पदमा उम्मेदवारी दिएका छन् । आज दिउँसो महासंघमा उपाध्यक्ष शिवहरी घिमिरेको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

संघको ६० औँ साधारणसभामा उनले अध्यक्षका प्यानलका वस्तुगत उपाध्यक्षका टोलीबाट सदस्य पदमा निर्वाचित हुन उक्त उम्मेदवारी दिने भएका हुन् ।

उदार दिल । दम्भ, हठ र इगो रहित व्यक्तित्व । सबैका प्रिय, मिलनसार, अपन्त्वको भाव भएका व्यक्तित्वका रुपमा सापकोटा चिन्छन् । उनले नेपालको अर्थतन्त्र सुधारमा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन् ।

नेपाल धितोपत्र बजारमा लगानीकर्ता र नेपाल स्टक एक्सेचन्ज (नेप्से) बीचको मध्यस्कर्ता भई शेयर खरिद र बिक्री गराउने, मर्जिन कारोबार सुविधा दिने, ग्राहकको तर्फबाट धितोपत्र कारोबारमा सहजीकरण गर्ने र धितोपत्र बोर्डको नियममा रही निष्पक्ष कारोबार गराउनमा सापकोटाको ठूलो भूमिका पाउन सकिन्छ ।

वि।सं २०७० साल पुस २४ गते स्टक ब्रोकरको अध्यक्षमा निर्वाचित  भएका उनकोको कार्यकालमा कारोबार सञ्चालन लगानीकर्ताको तर्फबाट नेप्सेमा शेयर खरिद वा बिक्रीको उर्डर प्रविष्ट गर्ने, ग्राहकको सही पहिचान गरी ग्राहक खाता र अनलाइन कारोबार खाता खोल्ने र मर्जिन कारोबार योग्य ग्राहकहरुलाई मर्जिन लेन्डिङ सुविधा प्रदान तथा व्यवस्थापन गर्ने काममा सदैव विशेष योगदान रहेको पाउन सकिन्छ ।

विगत ३ दशकदेखि पुँजीबजार, कर, लेखापरीक्षण, पर्यटन र कृषि क्षेत्रमा समेत क्रियाशील रहँदै आएका छन् । महासङ्घको आगामी नयाँ नेतृत्व चयनका लागि सापकोटा कार्यकारिणी समिति सदस्यको रुपमा उम्मेदवार रहेका छन् ।

कुनै पनि सङ्घसङ्गठन बलियो हुनका लागि अध्यक्ष नै बलियो हुनुपर्छ भन्ने धारणा भएका उनमा फोहोरी राजनीतिको प्रभावले मुलुकलाई असर गर्नुहुन्न भन्ने भनाइ पाउन सकिन्छ ।

उनी भन्छन्, असल नियतले महासङ्घलाई बलियो बनाउन सकिन्छ । महासंघमा हुने पदाधिकारी निजी क्षेत्रको हकहितको रक्षाका लागि सदैव सक्षम नेतृत्व चयन गर्न सफल हुनुपर्नेछ ।

उनी एक बरिष्ठ चार्टड एकाउन्टेनका साथै प्रमुख व्यवसायी धितोपत्र अथवा स्टक ब्रोकर, बैंक तथा वित्तीय क्षेत्र, शिक्षा, पर्यटन, ऊर्जा, कर, राजस्व, लेखा परीक्षण र कृषि क्षेत्रमा समेत संलग्न रहेका  व्यक्तित्वको रुपमा चिनिन्छन् ।

सापकोटाको ३० वर्षदेखि पुँजीबजार, १० वर्षदेखि महासङ्घकै विभिन्न भूमिकामा योगदान रहनाका साथै हाल महासङ्घको पुँजीबजार फोरमको सहसभापति समेत रहेका छन् । सापकोटाको मुख्य व्यवसाय पुँजीबजार हुँदै हाल पनि महासङ्घमा पुँजीबजार फोरमको सहसभापतिको हैसियतमा योगदान गरिरहेका छन् ।

आफू महासंघको पदमा रहे वा नरहेतापनि बरिष्ठ चार्टड एकाउन्टेनको हैसियतले समाजमा सदैव योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्  । सापकोटा एसबानको २८ औं वार्षिक साधारणसभाबाट २८ मत प्राप्त गरी तत्कालीन समयमा अध्यक्ष पदमा विजयी भएका हुन् ।

सापकोटाले नेतृत्व गर्ने  उक्त महासङ्घ निजी क्षेत्रको नेपालको सबैभन्दा ठुलो सञ्जाल भएको छाता सङ्गठन हो । व्यवसायीलाई भयरहित वातावरणमा व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्न सो महासङ्घको भूमिका सदैव उच्च रहेको छ ।