एमालेकी लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने दलहरुको तयारी


काठमाडौँ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिला भण्डारीलाई अघि बढाउन दलहरू सहमत भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायत दलहरूको सहमतिमा भण्डारीलाई रिक्त राष्ट्रिय सभा उपाध्यक्ष बनाउने तयारी रहेको एक नेताले जानकारी दिए।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन हुँदैछ।

यसअघि उपाध्यक्ष उर्मिला अर्याल थिइन्। उनको कार्यकाल सकिएपछि यो पद रिक्त थियो।