ओखलढुङ्गा ।
कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले सेवाग्राहीहरूलाई सकभर अन्य अस्पताल जानु नपर्ने गरि काम गर्न जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।

मन्त्री लिम्बुले यही चैत्र २१ गते जिल्ला अस्पताल रुम्जाटारको अनुगम पश्चात श्रोत साधनले भ्याए अनुसार प्रभावकारी सेवा प्रदान गर्न अस्पतालका कर्मचारीहरूलाई निर्देशन दिनु भएको हो ।
मन्त्री लिम्बुले अस्पताल सुधारका लागी कर्मचारीहरूले गरेको प्रयासको प्रशंसा गर्नु हुँदै मन्त्री लिम्बुले सेवाग्राहीको भरोसा जित्ने गरि थप मेहनतका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।
अनुगमनका क्रममा आफूहरूले अस्पताल व्यवस्थापन र कर्मचारीहरूको समस्या सुनेको र आगामी आर्थिक वर्षको बजेट विनियोजनमा उक्त गुनासोहरूको सम्बोधन गर्ने गरि बजेट विनियोजन गर्ने प्रतिबद्धता मन्त्री लिम्बुले जनाउनु भयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईले शल्यक्रिया कक्ष सञ्चालनका लागी जनशक्ति अभाव रहेकाले यथाशक्य जनशक्तिको व्यवस्थापन गरि दिन मन्त्री समक्ष अनुरोध गर्नु भयो ।
अनुगमनको क्रममा जिल्ला अस्पताल आउनु भएका मन्त्री लिम्बुलाई अस्पताल प्रशासनले अस्पताल व्यवस्थापनका लागी बिभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा कर्मचारी व्यवस्थापन ( जनरल डक्टर, दन्त चिकित्सक, मेडिकल अधिकृत, एनेस्थेसिया असिस्टेन्ट लगायतको कर्मचारीको अभाव रहेकाले तत्काल व्यवस्थापन गरि दिन अनुरोध गरिएको जिल्ला अस्पताल रुम्जाटारका निमित्त कार्यलय प्रमुख डा.अमृता श्रेष्ठले बताउनु भएको छ ।
यसै गरि ल्याब सेवा बिस्तारका लागी आवश्यक उपकरणहरु,एम्बुलेन्स,जेनेरेटर र अटोक्लेभ खरिदका लागी अपुग रकमको व्यवस्थापन गरि दिन अनुरोध गरिएको डा. श्रेष्ठको भनाई रहेको छ ।











प्रतिक्रिया