काठमाडौं ।
काभ्रेपलाञ्चोकको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डमा कालोपत्रे (पिच) कार्य सुरु भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलिखेल चोकबाट काम थालिएको हो। ४ किलोमिटर सडकमध्ये पहिलो चरणमा २.५ किलोमिटर र दोस्रो चरणमा १.५ किलोमिटर कालोपत्रे गरिनेछ।
अघिल्लो ठेक्का समयमै सम्पन्न नभएपछि रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको थियो। नेपाल सरकारबाट ४२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी १४ महिनाभित्र काम सक्ने लक्ष्यसहित सिएम एवन काली जेभीलाई जिम्मा दिइएको छ।
निर्माण कम्पनीले तोकिएको समयभित्रै काम सक्ने दाबी गर्दै ग्राभेलमाथि सिमेन्ट बेस राखी दुई चरणमा कालोपत्रे गरिने जनाएको छ। उक्त सडक चीनसँगको कोदारी नाका तथा सिन्धुपाल्चोक, रामेछाप, दोलखा र ओखलढुंगा जाने महत्वपूर्ण मार्गका रूपमा प्रयोग हुँदै आएको छ।











प्रतिक्रिया