अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प, ९ जनाको मृत्यु


काठमाडौं । 

उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा ९ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार काबुल प्रान्तमा एक घर भत्किँदा सो घरभित्र रहेका ९ जनाले ज्यान गुमाएका हुन्। घटनामा एक बालक घाइते भएका छन्।

भूकम्पको धक्का राजधानी काबुलमा समेत महसुस गरिएको थियो। भूकम्प १८६.४ किलोमिटर गहिराइमा गएको र यसको केन्द्रबिन्दु ३६.५५ डिग्री उत्तरी अक्षांश तथा ७०.८५ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ।