काठमाडौँ ।
काठमाडौँमा सम्पन्न नेपाल आयुर्वेद चिकित्सक सङ्घको ११औँ राष्ट्रिय सम्मेलनबाट डा शङ्कर गौतम अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी डा सुवर्ण पौडेल थिए।
चैत २० र २१ गते सम्पन्न सम्मेलनले डा गौतमको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा डा रमेश पौडेल, महिला उपाध्यक्षमा डा सिर्जना श्रेष्ठ, महासचिवमा डा ऋषिकेशव भुसाल, सचिवमा डा दीपककुमार मण्डल र कोषाध्यक्षमा डा सिजन कोजु निर्वाचित भएका छन्।
त्यसैगरी, प्रादेशिक उपाध्यक्षहरूमा कोशीमा डा विजयकुमार सिंह, मधेसमा डा शिवनारायण गुप्ता, बागमतीमा डा देवेन्द्रकुमार यादव, गण्डकीमा डा नगेन्द्र लामिछाने, लुम्बिनीमा डा कैलाश न्यौपाने, कर्णालीमा डा सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा हिमाल भट्ट चयन भएका छन्।











प्रतिक्रिया