काठमाडौँ ।
प्रतिनिधिसभाको आज बस्ने बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डीपी) अर्याल लाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको छ। अर्याल यसअघि नै शुक्रबार निर्विरोध निर्वाचित भइसकेका हुन्।
सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजे सुरु हुने बैठकमा ‘अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।
अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक रहेका थिए भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए।











प्रतिक्रिया