काठमाडौं ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। अदालतले कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ प्राप्त भएसँगै आजका लागि पेसी तोकेको हो।
जेनजी आन्दोलनका घटनाको जाँच गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयअनुसार दुवै जनालाई चैत १४ गते पक्राउ गरिएको थियो। त्यसपछि लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते रिट निवेदन दर्ता गराएका थिए।
आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनका लागि जिम्मेवार ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।











प्रतिक्रिया