पश्चिमी र स्थानीय वायु सक्रिय: ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौं ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभावका कारण देशभर सामान्यदेखि आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रही केही स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

तराईका केही स्थानहरूमा हल्का वर्षा र चट्याङ्गको सम्भावना रहँदा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हावाहुरी चल्न सक्ने बताइएको छ।

आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। केही हिमाली तथा पहाडी स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहँदा तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।