लोकप्रिय गायक रामकृष्ण ढकाल फेरि फिल्ममा फर्केका छन्।
गायक ढकालको निर्माण र प्रस्तुतिमा मालती मंगले नामक फिल्म निर्माण भएको छ। फिल्ममा समावेश ढुंगामाथि लेउ बोलको गीत हालै सार्वजनिक गरिएको छ।

आगामी वैशाख २५ गते रिलिजमा आउने फिल्मको यो गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई रोमान्टिक अवतारमा फिचरिङ गरिएको छ। गीतको भिडियोको मुख्य आकर्षण भने बलिउडको ब्लकबस्टर फिल्म मोहब्बतेमा शाहरुख खान र काजोलको भेषमा विजय र वर्षाले गरेको नृत्य हो। निर्माता तथा गायक रामकृष्ण ढकालका अनुसार फिल्मको कथामा वर्षाको पात्रले विजयमा शाहरुखलाई देख्ने भएकाले गीतमा त्यसैको झल्को दिन यस्तो रचनात्मक प्रयास गरिएको हो।
युनी इन्टरटेन्मेन्टको सहकार्यमा रानी फिल्म्स्ले निर्माण गरेको फिल्मको यो डान्सिङ नम्बर गायक रामकृष्ण ढकाल र गायिका ऋतिका श्रेष्ठको गाएका छन्। गीतमा हर्क साउदको शब्द तथा एसडी योगीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। गीतको भिडियोको छाया“कन अर्जुन तिवारीले गरेका छन् भने कोरियोग्राफी रोशन विकले गरेका छन्। यसअघि फिल्मको शीर्ष गीत सुनैको सपनी सार्वजनिक गरिएको थियो। फिल्मको नाम सुन्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीति नाटकको सम्झना भए पनि फिल्म पूर्णतः परिवेशमा आधारित एक फरक सांगीतिक प्रेमकथा भएको निर्माता तथा प्रस्तुतकर्ता रामकृष्ण ढकालले जानकारी गराए।
प्रकु पाण्डेयको डेब्यु निर्देशनमा बनेको फिल्ममा कथा निर्देशक स्वयंको छ भने पटकथा र संवाद संयोग गुरागाई“, छाया“कन महेश पौडेल, रङ संयोजन कृष्ण भण्डारीको, ध्वनि मिश्रण डिकेश खड्गी र सम्पादन रोमी मोजेजको रहेको छ।
सागर ज्ञवाली कार्यकारी निर्माता तथा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाई“ सह–निर्माता रहेको फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्।
फिल्ममा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईलगायतका कलाकारले पनि अभिनय गरेका छन्।











प्रतिक्रिया