बले बलात्कारको आरोपमा पक्राउ



बले उपनामले चर्चित कलाकार सागर लम्साल बलात्कारको आरोपमा पक्राउ परेका छन्।
प्रहरीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको जनाएको छ। बलेमाथि अमेरिकामा बस्ने एक युवतीले गत शुक्रवार फेसबुकमा लामो स्ट्याटस लेख्दै बलात्कारको आरोप लगाएकी थिइन्। ती युवतीले सागरले एक वर्षअघि अमेरिका पुगेको बेला आफ्नो अपार्टमेन्ट हेर्ने भनेको र अपार्टमेन्टमा पुगेपछि बलात्कार गरेको उनले फेसबुकबाट आरोप लगाएकी छन्।

उनका अनुसार त्यस समयमा उनी मानसिक स्वास्थ्यस“ग जुधिरहेकी थिइन्। एन्जाइटी र डिप्रेसनका औषधी सेवन गरिरहेको सो समयमा सागर अमेरिका पुगेपछि भेट भएको र उनले तिम्रो अपार्टमेन्ट हेरौ“ न भनेपछि दाइजस्तो मानिस भएकाले लिएर गएको तथा आफ्ना समस्या साझा गरेपछि दाइ मानेको मानिसले राक्षस बनेर बलात्कार गरेको उनले आरोप लगाएकी छन्। यस विषयमा सामामाजिक सञ्जालमा ठूलो चर्चा भएपछि प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
सागरमाथि बलात्कार आरोप लागेपछि उनले काम गरेको फिल्म पाच पाण्डवबाट उनलाई निकालिएको छ।