नया वर्षको अवसर पारेर आगामी चैत्र २७ गते रिलिज हुने फिल्म राम नाम सत्यले सोलो रिलिजको मौका पाएको छ।
यो मितिका लागि रिलिज डेट तोकिएका फिल्म पोष्टपोन्ड भएपछि माइकल चन्दद्वारा निर्देशित फिल्मले सोलो रिलिजको अवसर पाएको हो। फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुसी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन्।
नायिका दिव्या रायमाझीले राम नाम सत्यलाई लिएर उत्साह व्यक्त गरेकी छन्। ‘म फिल्मलाई लिएर निकै उत्साहित छु। मैले पहिले गरेको काम भन्दा भिन्न तरिकाले म आएकी छु। काम पनि मैले धेरै देखाउन पाएकी छु’ उनको भनाइ छ ‘फिल्ममा भरपुर एक्सन छ। तर, यो एक्सन फिल्म मात्र होइन।’ फिल्ममा दिव्या सुशीलको जोडीको रूपमा छिन्। उपेन्द्र शाही र स्वेता बिमलीद्वारा निर्मित फिल्ममा पटकथा र संवाद माइकल चन्दको रहेको छ।











प्रतिक्रिया