मध्यपूर्वमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान सुरु


काठमाडौँ।

मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि तीन दिनसम्म नेपाल एयरलाइन्सको विशेष उडान सञ्चालन गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार, शुक्रबार काठमाडौं–दुबई, शनिबार दुबई–काठमाडौं, आइतबार काठमाडौं–दमाम र आइतबार दमाम–काठमाडौं उडान हुनेछ। पूर्व–बुकिङ भएका नागरिक र नेपाल फर्कन चाहने सबैलाई उद्धार गर्ने व्यवस्था गरिएको छ।

प्रवक्ता क्षेत्रीले सम्बन्धित देशका नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमै टिकट उपलब्ध गराउन अनुरोध गरिएको पनि जानकारी दिएका छन् ।

यसअघि, १ अप्रिलमा कुवेत एयरवेजमार्फत २९१ नेपालीलाई उद्धार गरिएको थियो भने ९ नेपालीको शव स्वदेश ल्याइएको थियो।