काठमाडौँ।
प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । संसद् सचिवालयले तोकेको समयअनुसार दिउँसो २ बजेसम्म अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।
अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन् ।
अब आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले अर्याललाई सभामुख निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ ।











प्रतिक्रिया