सुन स्थिर, चाँदीको मूल्य बढ्यो


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कायम छ। प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ। प्रति १० ग्राम चाँदीको मूल्य आज ४ हजार १ सय ४० रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ।