पश्चिम एसियाबाट नेपाली उद्धारका लागि ३–५ अप्रिल विशेष उडान सञ्चालन


काठमाडौँ ।

पश्चिम एसियामा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार र आवागमन सहज बनाउन सरकारले ३ देखि ५ अप्रिलसम्म विशेष उडान सञ्चालन गर्ने भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा भएको निर्णयअनुसार नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ र काठमाडौँ–दमाम–काठमाडौँ उडान तालिका सार्वजनिक गरेको छ। यसअघि कुवेतबाट २९१ नेपालीलाई स्वदेश ल्याइएको मन्त्रालयले जनाएको छ।

उडान तालिकामा (आज) ३ अप्रिलमा काठमाडौँ–दुबई (राति ११ः१५ बजे), ४ अप्रिलमा दुबई–काठमाडौँ (बिहान ४ः१० बजे),५ अप्रिलमा काठमाडौँ–दमाम (बिहान ८ः३० बजे)र दमाम–काठमाडौँ (दिउँसो १२ः२० बजे रहेका छन् ।