नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसीएफटी) को आयोजनामा २०औ ग्राजुएसन फेसन शो विविधायन सौन्दर्यम सिर्जना, कल्पना र कलात्मक अभिव्यक्तिको उत्सवका रूपमा हालै ललितपुरमा सम्पन्न भएको छ।
फेशन डिजाइनिङमा स्नातक गर्दै गरेका ६२ विद्यार्थी डिजाइनरको सिर्जनात्मक यात्रालाई समेट्दै कार्यक्रममा आधा दर्जन अवधारणामा आधारित संग्रह प्रस्तुत गरिएका थिए। ती संग्रहले नेपालको विविध प्राकृतिक भू–परिदृश्य तथा जैविक विविधताको सौन्दर्यलाई समकालीन फेसनमार्फत प्रभावकारी ढंगले अभिव्यक्त गरेका थिए।
विविधायन सौन्दर्यम् अर्थात् विविधताबाट जन्मिने सौन्दर्य भन्ने विचारले सम्पूर्ण प्रस्तुतिको दार्शनिक आधार तयार गरेको थियो। नेपालका वन, सिमसार क्षेत्र, हिमाली भूभाग, वन्यजन्तु तथा पुष्पीय विविधताबाट प्रेरणा लि“दै डिजाइनरहरूले प्रकृतिका विभिन्न तत्वलाई फेसन कथामा रूपान्तरण गरेका थिए। रनवेमा ६२ विशिष्ट डिजाइनर पोशाकका साथै आधा दर्जन विशेष क्रिएटिभ मास्टरपिससमेत प्रदर्शन गरिएको थियो। जसले प्रकृति, संस्कृति र समकालीन डिजाइनबीचको सन्तुलित संयोजनलाई उजागर गरेको थियो।
कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे प्रवेशबाट सुरु भएको कार्यक्रमको कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए। उनको सशक्त दृश्य संयोजनले प्रस्तुत संग्रहहरूको अवधारणा र सिर्जनात्मक दृष्टिलाई अझ प्रभावकारी बनाएको थियो। कार्यक्रममा व्यावसायिक मोडल र एनसीएफटीका विद्यार्थी गरी कुल ३२ जना मोडलले डिजाइनरहरूको सिर्जनालाई आकर्षक ढंगले प्रस्तुत गरेका थिए।
साझको पहिलो संग्रह नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स प्mलोले हिमनदी र जलप्रवाहबीचको परिवर्तनशील सम्बन्धलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको थियो। हिमनदी पग्लिएर बग्ने जलधाराबाट प्रेरित यस संग्रहमा प्रारम्भमा संरचित आकृतिहरू देखिए भने पछि ती क्रमशः तरल र प्रवाहमय सिल्हुएटमा रूपान्तरण भएका थिए। सेतो, सिल्भर, टिल र जेड रंगको प्रयोगले प्रकृतिमा हुने परिवर्तन र रूपान्तरणलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गरेको थियो।
त्यसपछि प्रस्तुत इरिडेसन्ट शेल्सः आर्मर सप्mटेन्ड बाइ एलेगेन्स संग्रह भृंगाहरूको सुरक्षात्मक बाहिरी संरचनाबाट प्रेरित थियो। तेस्रो संग्रह आवरण मृत्तिकाः बिनिथ, बियोन्ड, बिकमिङले माटोको गहिराइभित्र चल्ने प्राकृतिक प्रक्रियालाई विषयवस्तु बनाएको थियो। हिमाली प्रेरणाबाट सृजित एभियोराः विङ्स अफ द हिमालय संग्रहले उडान, स्वतन्त्रता र आकांक्षाको भावलाई व्यक्त गरेको थियो। पर्यावरणीय सचेतनालाई केन्द्रमा राखेर प्रस्तुत गरिएको रेड लिस्ट रिभेरीले नेपालका संकटग्रस्त वन्यजन्तु—हिमचितुवा, रातो पाण्डा र घडियाल—तर्फ ध्यान केन्द्रित गराएको थियो। अन्तिम संग्रह वनस्पति कुसुमः फरेस्ट ब्लुम्स अफ नेपालले नेपालको पुष्पीय विविधतालाई काव्यात्मक शैलीमा प्रस्तुत गरेको थियो।
कार्यक्रमा एनसीएफटी फेसन क्याटलगको चौथो संस्करणको सार्वजनिक विमोचन पनि गरिएको थियो। २०औ“ ब्याचका विद्यार्थी डिजाइनरको सिर्जनालाई सीटीईभीटीका पूर्व उपाध्यक्ष डा. कुलबहादुर बस्नेत, साखः ग्रुपका अध्यक्ष किरण प्रकाश साखः, पद्मकन्या बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख प्राडा जयलक्ष्मी प्रधान, फेसन शिक्षाविद् राजेन्द्र सिंह, फेयर–ट्रेड ग्रुप नेपालका डा. सुनिल चित्रकार, फेसन डिजाइनर मुक्ता श्रेष्ठ र मनिष राई, तथा मिस सुप्रानेसनलका नेशनल डाइरेक्टर एवं मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्यायले मूल्यांकन गरेका थिए।











प्रतिक्रिया