निशा लोक दोहोरी स्टार


लोक सांगीतिक रियालिटी शो लोक दोहोरी स्टार सिजन १ मा निशा लामा विजयी भएकी छन्।
रियालिटी शोको अन्तिम शोमा शीर्ष उपाधि जित्दै उनले १० लाख रुपिया नगद पुरस्कार प्राप्त गरेका आयोजकले जनाएका छन्। शोमा मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर थापा मगर तेस्रो भएका छन्।

अन्तिम शोमा उत्कृष्ट ८ प्रतियोगीले मञ्चमा प्रस्तुति दिएका थिए। एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलले आयोजना गरेको शोको निर्देशन माधवराज खरेलले गरेका थिए। आयोजक समितिका प्रमुख तथा निर्माता डेविल सिंह राजपुत, यादवबहादुर थापा र परमानन्द चौधरीको नेतृत्वमा भएको कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी शैलेश नेपालीले सम्हालेका थिए।

अन्तिम प्रतियोगितामा रीता थापा मगर, राजु ढकाल, चन्द्र शर्मा, अमृत खाती निर्णायक थिए। कार्यक्रमको होस्ट रोजिन शाक्य र मुना अर्याल थिए।