काठमाडौं ।
प्रतिनिधिसभाको बिहीबार सम्पन्न पहिलो बैठकमा संसद्मा प्रतिनिधित्व गरेका ६ राजनीतिक दलका नेताले सम्बोधन गरेका छन् ।
ने्ताहरूले मुलुकमा स्थिर सरकार रहेकाले अब सुशासन र विकासले गति लिनुपर्नेमा जोड दिए । उनीहरूले सबै राजनीतिक दलहरू मिलेर देश बनाउने अभियान थाल्नुपर्नेमा आवश्यकता औंल्याए ।
पहिलो बैठकमा बोल्दै सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले अब मुलुक विकास र सुशासनमा अघि बढेकाले सबै पक्षले सहयोग र साथ दिनुपर्ने बताउनुभयो । उहाँले मुलुक बनाउने महान् अभियानमा कोही माथि कुनै प्रकारको पूर्वाग्रह नराखिने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले अब सबै पक्ष सुध्रिएर अघि बढ्नुपर्ने भए पनि विगतमा मुलुकमा केही पनि भएको थिएन भन्ने भाष्यलाई गलत सावित गर्नुपर्ने बताउनुभयो ।
यसै गरी एमालेका रामबहादुर थापा बादलले २१ फागुनको निर्वाचनमा एल्गोरिदम र एआईमार्फत राष्ट्रिय स्वाधीनताका लागि लडेकाहरूलाई हत्यारा र जनविरोधीको बिल्ला भिराइएको भन्दै आपत्ति व्यक्त गर्नुभयो । नेकपाका नेता वर्षमान पुनले पुराना दलले विगतका पाठबाट सिकेर सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी राष्ट्रघाती परियोजना भएकाले खारेज गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले मुलुकमा राष्ट्रिय स्वाधीनताको आवाज सशक्त हुनुपर्ने बताउनुभयो । यसै गरी राप्रपाका नेता ज्ञानेन्द्र शाहीले प्रदेश खारेज गर्नुपर्ने र राजंस्थाका बारेमा पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभयो ।











प्रतिक्रिया