काठमाडौँ
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ ।
‘अब क्यूआर गरेर क्यास तिर्ने होइन, क्यास जित्ने!’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो अनुभवसँगै पुरस्कार जित्ने अवसर दिने लक्ष्य राखेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले बजाजका आधिकारिक सोरुम, सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायत विभिन्न स्थानमा राखिएका क्यूआर कोड स्क्यान गरी खेल खेल्न सक्नेछन् । हरेक दिन एक जना भाग्यशाली विजेताले स्मार्ट वाच जित्नेछन् भने बजाज खरिदकर्ताले अधिकतम एक लाख रुपैयाँसम्म नगद तथा अन्य आकर्षक उपहार प्राप्त गर्ने अवसर पाउनेछन् ।
कम्पनीका अनुसार हालसम्म भुक्तानीका लागि प्रयोग हुँदै आएको क्यूआर प्रणालीलाई अब पुरस्कार जित्ने माध्यमका रूपमा प्रयोग गर्न थालिएको हो। गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले डिजिटल प्रविधिको प्रयोगसँगै ग्राहकलाई नयाँ र रोचक अनुभव दिन यस्तो योजना ल्याइएको बताउनुभयो ।
यो योजना देशभर रहेका बजाजका आधिकारिक सोरुममा लागू हुने कम्पनीले जनाएको छ । नयाँ वर्षको अवसरमा ल्याइएको यस कार्यक्रमले बजाज मोटरसाइकल खरिद गर्न इच्छुक ग्राहकहरूमा थप उत्साह ल्याउने विश्वास गरिएको छ, ।











प्रतिक्रिया