काठमाडौँ
काठमाडौँमा मेटलाइफ नेपालले ग्राहकहरूको सेवा अनुभव सहज बनाउन वान बाइ मेटलाइफ मोबाइल एपमा नयाँ अपडेट सार्वजनिक गरेको छ ।
यसअन्तर्गत दीर्घकालीन रगतमा चिनीको मात्रा देखाउने सूचक (एचबीए१सी) आधारित स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा थप गरिएको छ । साथै प्रयोगकर्ताहरूले एउटै प्लेटफर्ममार्फत स्वास्थ्य जानकारी ट्र्याक गर्न, नोटिफिकेसन पाउन, प्रिमियम क्याल्कुलेटर प्रयोग गर्न र बीमा क्लेम, पोलिसी अपडेट तथा भुक्तानी व्यवस्थापन गर्न सक्ने डिजिटल सेवा विस्तार गरिएको छ ।
कम्पनीका अनुसार यो एपले स्वास्थ्य र बीमा सेवाहरूलाई एकीकृत गर्दै दैनिक जीवनलाई सरल बनाउने लक्ष्य राखेको छ, जसबाट प्रयोगकर्ताहरूले बिना झन्झट आफ्नो स्वास्थ्य र बीमा व्यवस्थापन गर्न सक्नेछन् ।











प्रतिक्रिया