हिलोरा हिल्स रिसोर्टको साधारण सेयर निष्कासन तयारी


काठमाडौँ
हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि १ सय रुपियाँ अंकित दरका ४० लाख कित्ता बराबर ४० करोड रुपियाँको साधारण सेयर निष्कासन गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यस सम्बन्धमा कम्पनीका तर्फबाट सञ्चालक ई. दिपविक्रम विष्ट र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच नयाँ बानेश्वर, काठमाडौंमा द्विपक्षीय सम्झौता भएको छ ।

भक्तपुरस्थित यस रिसोर्ट प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ जहाँ १०० भन्दा बढी सुसज्जित कोठा, स्काइ भ्यु रेस्टुरेन्ट, इन्डोर स्विमिङ पुल र पिकनिक स्थल उपलब्ध छन् । साथै १५०० देखि २००० जनासम्मका भोज, सम्मेलन तथा अन्य कार्यक्रम सञ्चालन गर्न उपयुक्त सुविधा रहेको कम्पनीले जनाएको छ ।