एलजीको नयाँ वर्ष अफरः ‘डिजाइन योर ड्रीम होम’ अभियान सुरु


काठमाडौँ
काठमाडौँमा एलजीले सीजी इलेक्ट्रोनिक्ससँग सहकार्य गर्दै नयाँ वर्षको अवसरमा ‘डिजाइन योर ड्रीम होम’ अभियान सार्वजनिक गरेको छ ।

यस अभियानअन्तर्गत ग्राहकले एलजीका विभिन्न घरेलु उपकरणहरूमा ४१ प्रतिशतसम्म छुट, क्यासब्याक अफर र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । टिभी, अडियो सिस्टम, भ्याकुम क्लिनर, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र एयर कन्डिसनर जस्ता सामग्रीमा विशेष सुविधा उपलब्ध गराइएको छ । साथै, शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि रहेको छ, जसका लागि केवल नागरिकता भए पुग्नेछ ।

कम्पनीका अनुसार यो अफर सीमित समयका लागि देशभरका आधिकारिक सोरुम तथा पसलहरूमा उपलब्ध हुनेछ ।