काठमाडौं ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित एक भिल्लामा प्रहरीले जुवाखालमा छापा मारेर २१ जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकका ३२ वर्षीय दीपक बोहराले सञ्चालन गरेको ग्रिन सिटी भिल्लामा कौडी खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार जुवाखालबाट ९ लाख ७ हजार रुपैयाँ नगद बरामद गरिएको छ। अनुसन्धानका क्रममा उक्त भिल्लाको दोस्रो तला बुक गरेर मोहन कृष्ण शाहीले जुवा खेलाएको खुलेको छ।
पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया