काठमाडौं ।
काठमाडौंमा नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित गरिएको छ। धुम्बाराहीमा बसेको बैठकले तत्कालका लागि भेला रोक्ने निर्णय गरेको हो।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए। सोही छलफलपछि भेला स्थगित गरिएको नेताहरूले बताएका छन्।
इतर समूहले फरक ढंगले गतिविधि अघि बढाउने तयारीसहित थप आन्तरिक छलफलपछि मात्रै नयाँ मिति तय गर्ने जनाएको छ। साथै, जिल्ला सभापतिहरूलाई प्रदेशअनुसार छलफलमा बोलाउने तयारीसमेत भइरहेको एक नेताले जानकारी दिए।
सर्वोच्च अदालतमा पार्टीको आधिकारितासम्बन्धी मुद्दाको पेसीलाई ध्यानमा राख्दै पनि भेला स्थगित गरिएको बताइएको छ।











प्रतिक्रिया