सर्वोच्च अदालतद्वारा दिपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार


काठमाडौं ।

सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्का र लुम्विनी प्रदेशकी एमाले सांसद रेखा शर्मालाई रिहा गर्न अस्वीकार गरेको छ ।

सम्पति शुद्धीकरणको अभियोगमा पक्राउ परेका खड्का र घरमा काम गर्ने बालिकाको श्रम तथा शारीरिक शोषणको आरोपमा पक्राउ परेकी शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्धामा सर्वोच्चले कारण देखाउ आदेश मात्रै जारी गरेको हो ।

खड्काकी श्रीमती विनिता थापाले हालेको रिटमा सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाईपछि इजलाशले खड्कालाई पक्राउ गर्नु पर्नाको कारण पेश गर्न आदेश दिएको हो ।

यस्तै, एमालेकी प्रदेश सांसद रेखा कुमारी शर्माका पति चिन्तामािण शर्माले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सर्वोच्चले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुलगायत निकायसँग पक्राउको कारणसहितको जवाफ पेस गर्न आदेश दिएको हो ।