काठमाडौं ।
भारतको बिहार राज्यस्थित नालन्दा जिल्लाको दीपनगर क्षेत्रमा रहेको शीतला मन्दिरमा भागदौड हुँदा कम्तीमा ८ महिलाको मृत्यु भएको छ भने करिब १० जना घाइते भएका छन्।
स्थानीय समयअनुसार बिहान १० बजेतिर भएको उक्त घटनाको पुष्टि एक स्थानीय प्रहरी अधिकारीले गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिँदै गरेको देखिन्छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया