काठमाडौं ।
एन्थोनी अल्बानीज नेतृत्वको अस्ट्रेलियाली सरकारले बढ्दो इन्धन मूल्यलाई ध्यानमा राख्दै इन्धनमा लाग्ने ‘फ्युल एक्साइज’ आगामी तीन महिनाका लागि आधा घटाउने घोषणा गरेको छ।
क्यानबेरा मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री अल्बानिजले बुधबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी दिए।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल संकट गहिरिँदै गएपछि इन्धनको मूल्य बढिरहेको अवस्थामा सरकारले राहतस्वरूप यो कदम चालेको हो।
यस निर्णयपछि पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २६.३ सेन्टले घट्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया