सुन–चाँदीको भाउमा वृद्धि, सुन तोलामा ७,४०० रुपैयाँले बढ्यो


काठमाडौं ।

बुधबार सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

समग्रमा विगत सातामा सुनको भाउ ९ हजार १ सय रुपैयाँले बढेको छ। गत बुधबार सुनको भाउ २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो।

चाँदीको भाउ पनि बढेको छ। प्रतितोला चाँदी १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।