मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १.३ अर्ब डलर तिर्न आदेश


काठमाडौं ।

मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई करिब १ अर्ब ३० करोड अमेरिकी डलर (करिब १५ खर्ब ६७ अर्ब नेपाली रुपैयाँ) जरिवाना तथा क्षतिपूर्ति तिर्न आदेश दिएको छ। एसआरसी इन्टरनेसनलसँग सम्बन्धित देवानी मुद्दामा अदालतले उनलाई कम्पनीको ठूलो आर्थिक नोक्सानीका लागि व्यक्तिगत रूपमा जिम्मेवार ठहर गरेको हो।

अदालतको अनुसन्धानअनुसार रजाकले राज्यकोषको रकम योजनाबद्ध रूपमा दुरुपयोग गर्दै अर्बौं रिंगिट रकम अवैध रूपमा अफसोर खाताहरूमा सारेका थिए। साथै, उनको व्यक्तिगत खातामा समेत करोडौं डलर जम्मा गरिएको पुष्टि भएको छ।

अदालतले यस घटनालाई शक्तिको चरम दुरुपयोग र राज्यकोषमाथिको गम्भीर आर्थिक अपराधका रूपमा व्याख्या गरेको छ। यो फैसला विश्वभर भ्रष्टाचारविरुद्ध कडा सन्देशका रूपमा हेरिएको छ।